Fewa Dam, Pokhara
Fewa Dam, Pokhara
2078-08-16
2078-08-16
गण्डकी प्रदेशमा साबिक धवलागिरी अञ्चलका ४ जिल्ला (पर्बत, म्याग्दी, बागलुङ, मुस्ताङ) गण्डकी अञ्चलका ६ जिल्ला र लुम्बिनी अञ्चलको नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पूर्वको भू-भाग समेटी कुल ११ जिल्ला रहेको छ।नेपालको मध्य भागमा अवस्थित, हिमाल देखि तराईसम्म फैलिएको यस प्रदेश २७०२६’०५” उत्तरी अक्षांश देखि २९०१९’५०” उत्तरी अक्षांशसम्म र ८२०५२’४५” पूर्वी देशान्तर देखि ८५०१२’०५” पूर्वी देशान्तरसम्म फैलिएको छ।प्रदेशले नेपालको कुल भू-भागको १४.६७ प्रतिशत अर्थात् २१९७४ बर्ग कि.मि. क्षेत्रफल ओगटेको छ।(स्रोत: प्रदेशको प्रथम पन्चवर्षीय योजना, आधार वर्ष २०७५/७६ को स्थिति)
गण्डकी प्रदेशको कुल भू-भागमध्ये २२.२ प्रतिशत अर्थात् ४८७८२३ हेक्टर भू-भाग खेती योग्य जसमध्ये ७६ % जमिनमा मात्र खेती गरिएको छ।खेती गरिएको कुल जमिनमध्ये ३६.१ % जमिनमा मात्र सिंचाइ सुविधा पुगेको छ। सिंचित कृषियोग्य जमिन मध्ये ४६.१ % जमिनमा मात्र बार्है महिना सिंचाइ सेवा उपलव्ध भएको अवस्था छ । समग्रमा प्रदेश सम्बृद्धिको लागि परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई यान्त्रिकरण र व्यवसायीकरण मार्फत उत्पादकत्व वृद्धि गरि दिगो कृषि अर्थतन्त्र निर्माण गर्न उपलव्ध सतह र भूमिगत पानीको समान्जस्य रुपमा उपयोग गर्दै समानुकुल नविनतम प्रविधिको प्रगोग गरि सिंचाइ प्रणालीको विकास र विस्तार गर्नुपर्ने देखिन्छ।(स्रोत: प्रदेशको प्रथम पन्चवर्षीय योजना, आधार वर्ष २०७५/७६ को स्थिति)
आधारभूत खानेपानीको आपूर्ति र सरसफाईको दृष्टिकोणले गण्डकी प्रदेशको अवस्था सन्तोषजनक रहेइको छ। यस प्रदेशका ९१.७ प्रतिशत जनतामा आधारभूतस्तरको खानेपानीको पहुँच पुगेको छ। प्रदेशका ८१.४ जनताले शौचालयको प्रयोग गर्छन्। आधारभूतस्तरको खानेपानी सुविधा शतप्रतिशत पुर्याउदै मध्यम देखि उच्च गुणस्तरको खानेपानी सुविधाको विस्तार गर्नुपर्ने देखिन्छ।(स्रोत: प्रदेशको प्रथम पन्चवर्षीय योजना, आधार वर्ष २०७५/७६ को स्थिति)
गण्डकी प्रदेशमा आधुनिक उर्जाको पहुँच ८२.५ प्रतिशत जनतामा पुगेको छ। यस प्रदेशका ६९.३ प्रतिशत घर परिवारले खाना पकाउन प्रयोग गर्ने इन्धन दाउरा, काठ, गुइँठा आदिबाट प्राप्त हुन्छ।करिव यस प्रदेशको बिद्युत उत्पादन गर्ने सम्भावित क्षमता २०६५० मेगावाट रहेकोमा आर्थिकरुपले १२९३० मेगावाट जलविद्युत उत्पादन गर्न सकिने देखिन्छ। यस प्रदेशमा जलविद्युतको अतिरिक्त सौर्य र वायु उर्जा उत्पादनको पनि उत्तिकै सम्भावना रहेको छ। राष्ट्रिय उर्जा सुरक्षाको आधारशिला तयार गर्न र समग्रमा उर्जालाई सम्वृद्धिको सम्वाहक बनाउन निजि क्षेत्रसंगको सहकार्यमा जलाशययुक्त, ठूला र मझौला जलविद्युत आयोजना, सौर्य उर्जा र वायु उर्जाका आयोजनाहरुको विकास गरि विद्युत उत्पादन उल्लेख्य मात्रामा बढाउनु पर्ने आवस्यकता छ।(स्रोत: प्रदेशको प्रथम पन्चवर्षीय योजना, आधार वर्ष २०७५/७६ को स्थिति)
गण्डकी प्रदेशका हिमाल, महाभारत र चुरे उद्गमस्थल भै बग्ने मुख्य मुख्य नदी तथा खोलानालाहरुमा पानीको प्राकृतिक बहावमा प्रतिकुल असर नगर्ने गरि र नदी र खोलाको लागि आवश्यक चौडाई संकुचन नहुने गरि व्यवस्थित र स्थायी नदी नियन्त्रण सम्बन्धी कार्यहरु तथा पहिरो नियन्त्रण सम्बन्धी कार्यहरु गरि सार्वजनिक र व्यक्तिगत भौतिक संरचना, खेतियोग्य जमिन, सांस्कृतिक सम्पदा, सिंचाइ खानेपानी, जलविद्युत संरचना लगायतका संरचनाहरुको संरक्षण गर्नुपर्ने देखिन्छ। ठुला र मझौला नदीहरुमा व्यवस्थित र दिगो तटबन्ध निर्माण र नदी नियन्त्रण सम्बन्धी स्थायी संरचनाहरुको निर्माण गर्न गुरुयोजना सहित कार्यान्वयन गर्दा लगानीको प्रक्षेपण गर्न सकिने र उक्त तटबन्धका कार्यक्रमहरुको कार्यान्वयनबाट हजारौ हेक्टर जमिन उकास गरि व्यावसायिक कृषि लगायतका आर्थिक क्रियाकलापहरु संचालन गर्न सकिने अवस्था रहेको छ।
प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७८/०२/०५ को निर्णयानुसार गण्डकी प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७४ को अनुसूचीमा हेरफेर भै उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, गण्डकी प्रदेशको स्थापना भएको हो।
क) सोच
ख) लक्ष्य
घ) रणनीति
गण्डकी प्रदेशका ११ वटा जिल्ला कार्य क्षेत्र रहेको मन्त्रालय अन्तर्गत निम्नानुसारका १६ वटा कार्यालयहरु रहेका छन्:
१. खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, स्याङ्जा
२. खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, बागलुङ
३. खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, तनहुँ
४. खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, गोरखा
५. जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, तनहु
६. खानेपानी, जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, म्याग्दी
७. जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, पर्वत
८. जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, कास्की
९. जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, गोरखा
१०. जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बागलुङ
११. जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, लमजुङ
१२. जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, स्याङ्गजा
१३. जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, नवलपुर
१४. खानेपानी, जलश्रोत तथा सिंचाई विकास सब डिभिजन कार्यालय, मनाङ्ग
१५. खानेपानी, जलश्रोत तथा सिंचाई विकास सब डिभिजन कार्यालय, मुस्ताङ्ग
१६. भूमिगत जलश्रोत तथा सिंचाई कार्यालय, कास्की
मन्त्रालयको काम, कर्तव्य र अधिकार
प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७८/०२/०५ को निर्णयानुसार गण्डकी प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७४ को अनुसूचीमा हेरफेर भै स्थापना भएको यस उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, गण्डकी प्रदेशको कार्यजिम्मेवारी निम्नानुसार रहेको छ:
© All Rights Reserved to Ministry of Energy, Water Resources and Water Supply
Powered By: ProActive Developers